१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सोनापुर मिनरल्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता


२० फागुन, काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।आइतबार नेप्से परिसूचक ११.७८ अंक घटेर १९६०.३० विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।

आइतबार सोनापुर मिनरल्सको सेयर सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको १३ करोड २० लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ९ करोड ३ लाख ८७ हजार रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ८ करोड ३० लाख १६ हजार रुपैयाँ, बोतलर्स नेपाल (तराई)को ५ करोड ८८ लाख ४७ हजार रुपैयाँ र जोशी हाइड्रोपावरको ४ करोड ९९ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १५:४९