४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

नेप्सेमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्यो

२० फागुन, काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।आइतबार नेप्से परिसूचक ११.७८ अंक घटेर १९६०.३० विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।

अघिल्लो कारोबार दिन गत बिहीबार २ अर्ब ५९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ४५ हजार ४४२ पटकको कारोबारमा २ अर्ब ८ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको ५५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक बढेकाे छ । कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको  सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १५:४४