१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रभु महालक्ष्मी लाइफको सिइओमा सन्तोष प्रसाई नियुक्त


१८ फागुन, काठमाडाैँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । फागुन १८ गते शुक्रबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले प्रसाईलाई सिइओ नियुक्त गरेको हो । प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षका लागि नियुक्त गरिएकाे हाे ।

नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति)बाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाई बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा चिनिन्छन् । प्रसाईसँग नेपाल लाइफ र प्रभु लाइफको सिइओको रुपमा नेतृत्व गरेको अनुभव छ । साविकको प्रभु लाइफमा सिइओका रुपमा कार्य गर्दै गर्दा साविकको प्रभु लाइफ र साविकको महालक्ष्मी लाईफ बीच मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार १६:५१