१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नामिबियाविरुद्ध नेपालको सानदार जीत


१८ फागुन, काठमाडाैं । त्रिदेशीय टी–२० सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले सानदार जीत हाँसिल गरेको छ । १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले पूरै ओभर खेल्दा ७ विकेटको क्षतिमा १७७ रन बनायो ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे । कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए ।​ आरिफ ३१ रनमा आउट भए ।

अनिल साहले २३ रन बनाए । गुल्शन झा २६ रनमा आउट भए भने दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार १५:२४