नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत
१७ फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । बिहीबार नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ७.५० प्रतिशत बोनस बापतको ८ लाख ६० हजार ८०९.४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् यी कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १७:२३












