१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अन्तिम कारोबारको दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता


१७ फागुन, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ विन्दुमा बन्द भएकाे छ ।

बिहीबार सबैभन्दा बढी सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ । कम्पनीको आज ११ करोड १३ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, जोशी हाइड्रोपावरको १० करोड १४ लाख ३३ हजार, हिमालयन रि इन्स्योरेन्सको ८ करोड ३ लाख ३५ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ६ करोड ५९ लाख ९१ हजार रुपैयाँ र शिवम् सिमेन्टको ५ करोड २१ लाख १२ हजार रुपैयाँ बराबरकाे कारोबार भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १५:०९