४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

हकप्रद सेयर निष्कासन गर्दै दुई कम्पनी

१७ फागुन, काठमाडौँ । दुई कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् । यी कम्पनीले हकप्रद सेयर जारी गर्ने अनुमतस माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ ।  कम्पनीले हाल कायम चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।

हकप्रद बिक्रीका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।

त्यस्तै, दोर्दी खोला जलविद्युत कम्पनीले कम्पनीले १०० प्रतिशत अर्थात १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गर्न अनुमति मागेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेसँगै कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १२:२८