हकप्रद सेयर निष्काशन गर्दै दोर्दी खोला जलविद्युत कम्पनी, बोर्डसँग माग्यो अनुमति
१७ फागुन, काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले १०० प्रतिशत अर्थात १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गर्न अनुमति मागेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेसँगै कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १२:०६












