१० लाख बढीले भरे सर्वोत्तम सिमेन्टको आईपीओ, सेयर पाउन भाग्यकै भर !
१६ फागुन, काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओमा माग भन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ । सीडीएससी एण्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिन आज बुधबार साँझ ५ बजेसम्ममा १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपैयाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ता सेयर माग भएकाे छ ।
कम्पनीकाे आईपीओमा माग भन्दा बढी आवेदन परेको हुुँदा सेयर पाउन भाग्यकाे नै भर पर्नुपर्ने देखिएकाे छ। ५५ हजार ५२१ जनाले कम्पनीकाे आईपीओ पाउनेछन् भने बाँकी साढे ९ लाख भन्दा धेरैकाे हात खाली हुने भएकाे छ । कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि सेयर निष्काशन गरेकाे थियाे ।
प्रकाशित मिति : 17:32









