२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

दुर्गानिधी कौडालको ‘अजम्बरी नाता’ सार्वजनिक

१६ फागुन, काठमाडौँ। स्वरुप राज आचार्यको स्वरमा रहेको नयाँ गीत ‘अजम्बरी नाता’ को भिडियो सार्वजनिक गरिएको छ। दुर्गा निधि कौडाल (नवराज) को शब्द रचना रहेको गीतमा सुर्य दयालुको संगीत तथा संगीत संयोजन रहेको छ। सुबास जि.सी.को निर्देशन रहेको भिडियोमा शिल्पा पोखरेल,बिष्णु सदा शंकर,बद्री पुडासैनी,अनिता श्रेष्ठ र दिनेश शदा शंकरको अभिनय रहेको छ।

रेशम दर्लामीले छायाँकन गरेको भिडियोको सम्पादन पवित्रा जि.सी.ले गरेकी हुन्। किरण रानाको सहायक निर्देशन रहेको भिडियोको पोस्ट प्रोडक्सन सुबास फिल्म्समा भएको हो । प्रेम बिछोडको कथामा बनेको भिडियोलाई निर्देशक सुबासले कलात्मक रुपमा प्रस्तुत गरेका छन्।

युवा निर्देशक सुबास जि सि को निर्देशनमा तयार भएको भिडियोमा शिल्पा पोख्रेल र बिस्णु सदा शंकरको अनस्कृन रोमान्स हेर्न सकिन्छ । पहिलो पटक काम गर्न गाह्रो हुन्छ भन्ने सुनेको थिएँ तर त्यो सबै निर्देशकमा भर पर्ने रहेछ । निर्देशक आफ्नो नजिकको मित्र भएकोले मलाइ कुनै गाह्रो महसुस भएन भन्दै पहिलो पल्ट पर्दामा देखा परेका नव कलाकार बिष्णुले सुनाए। उर्मिला शदा शंकर र दिनेश शदा शंकरको लगानी रहेको भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : February 28, 2024 at 11:52 am