१० माघ २०८१, बिहीबार | Thu Jan 23 2025

सेबोनको अध्यक्षका लागि दरखास्त आह्वान

१६ फागुन, काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठ संयोजकत्वमा गठित अध्यक्ष छनौट समितिले दरखास्त आह्वान गरेको हाे ।

अध्यक्ष छनोट समितिले मंगलबार कार्यबिधी सार्वजनिक गरेको छ । अध्यक्ष बन्नका लागि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको व्यक्ति हुनुपर्ने छ ।

यसका साथै उच्च नैतिकता भएको र ३० वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात आगामी फागुन ३० गतेसम्म आवेदन दिईसक्नुपर्नेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ०९:१५