१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

निर्जीवन बीमा कम्पनीले आर्जन गरे २२ अर्ब ३९ करोड बीमा शुल्क


१५ फागुन, काठमाडौँ । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनामा २२ अर्ब ३९ करोड बढी बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार कम्पनीहरूले साे अवधिमा २२ अर्ब ३९ करोड २२ लाख ८७ हजार  बीमा शुल्क आर्जन गरेका हुन् । कम्पनीहरुले १६ लाख ७१ हजार १ सय ६ वटा बीमा पोलिसी बापत उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

याे अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले बीमा शुल्क आर्जन गरेकाे छ । शिखर इन्स्योरेन्सले २ अर्ब ८९ करोड ५६ लाख ५६ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ६७ करोड २१ लख ४० हजार र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब २६ करोड ९९ लाख १४ हजार बीमा शुल्क आर्जन गरेको छ ।

सबैभन्दा कम नेशनल इन्स्योरेन्सले ६९ करोड ४४ लाख ८९ हजार रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १६:५९