११ बैशाख २०८२, बिहीबार | Thu Apr 24 2025

मंगलबार नेप्सेमा सुधार, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

१५ फागुन, काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । मंगलबार नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ विन्दुमा पुगेको छ। मंगलबार १ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ बराबरको ५२ लाख ३३ हजार कित्ता सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।  आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल (बलाजु) र बिपिडब्लु लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन चिरख्वा हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घटेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १५:२०