१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता


१५ फागुन, काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । सोमबार नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ को विन्दुमा पुगेको छ ।

मंगलबार सबैभन्दा बढी सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ । कम्पनीको यस दिन १४ करोड १५ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ८ करोड २८ लाख ९५ हजार, हिमालयन रि इन्स्योरेन्सको ६ करोड २८ लाख ४८ हजार रुपैयाँ, घोराही सिमेन्टको ४ करोड ९४ लाख ८१ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको ३ करोड ५८ लाख ६८ हजार रुपैयाँको कारोबार भएको हो ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १५:१०