नेप्सेमा ७ लाख ९६ हजार कित्ता बोनस सेयर सूचीकृत
१५ फागुन, काठमाडाैं । नेप्सेमा राधि विद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीकाे ४.७५ प्रतिशत बाेनस बापतकाे ७ लाख ९६ हजार ९०.४१ कित्ता बाेनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आव २०७९/८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद(कर प्रयोजनका लागि)गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १०:२५












