सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै ठमेल प्लाजा होटल
१५ फागुन, काठमाडौँ । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले चैत ९ गते १२ औं साधारण सभा बाेलाएकाे हाे । उक्त सभा होटलकै सभाकक्षमा दिउँसाे ४ बजे आयोजना हुनेछ ।
उक्त सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनुका साथै पूँजी संरचना परिवर्तन,प्रबन्धपत्र तथा नियमावली संशोधन लगायतका सर्वसाधारणलाई छुट्टाइएको आईपीओ जारी गर्ने सम्बन्धमा नियमनकारी निकायबाट कुनै प्रकारको संशोधन,फेरबदल वा थपघट गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित मिति : February 27, 2024 at 9:42 am









