२ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 14 2025

एक कम्पनीकाे १० प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

१५ फागुन, काठमाडौँ। चिलिमे जलविद्युत कम्पनी लिमिटेडले बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको हाे ।

गत पुस २० गते सम्पन्न कम्पनीकोवार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर फागुन ३ गतेदेखि अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको जनाएको छ।

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा भने सेयर अभौतिकीकरण भएपश्चात हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार ०९:१८