१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

३० वर्षदेखि दूध मात्रै पिएर बाँचेका भजन शिरोमणि भक्तराज आचार्यको निधन


१४ फागुन, काठमाडौँ । वरिष्ठ गायक एवं संगीतकार भजन शिरोमणि भक्तराज आचार्यको सोमबार निधन भएको छ । उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परियारले जनाएको छ ।

३० वर्षदेखि दूध मात्रै पिएर बाँचिरहेका प्रसिद्ध गायक एवं संगीतकार आचार्य ८२ वर्षको भएका थिए । अपराह्न साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज आचार्यसहितले मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको बुझिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार २०:२१