१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

नेप्सेमा दोहोरो अंकको सुधार, एक कम्पनीको सेयरमा सकारात्मक सर्किट

१४ फागुन, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । सोमबार नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा पुगेको छ। साेमबार २ अर्ब १ करोड ७७ लाख रुपैयाँ बराबरको ५९ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन पनि बोटलर्स नेपाल (बालाजु) को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साेमबार समाज लघुवित्तको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोनापुर मिनरल्स एण्ड आयलकाे यस दिन सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : February 26, 2024 at 3:15 pm