१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेप्सेले सार्वजनिक गर्यो मार्जिन कारोबार योग्य कम्पनीहरुको सूची (सूचीसहित)


१४ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मार्जिन कारोबार गर्न योग्य ११२ कम्पनीको सूची सार्वजनिक गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।

सूचीमा बैंक तथा वित्त संस्थातर्फ १९ वाणिज्य बैंक, ८ विकास बैंक, ४० लघुवित्त कम्पनी र ५ फाइनान्स कम्पनी परेका छन् । त्यस्तै, इन्स्योरेन्सतर्फ ७ लाइफ इन्स्योरेन्स कम्पनी र ९ ननलाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । लगानी समूहका नागरिक लगानी कोष, एचआईडिसिएल, निफ्रा र एनआरएन इन्फ्रास्ट्रकचर लिमिटेड तथा उत्पादन समूहका एचडिएल र शिवम् सिमेन्ट रहेका छन् । यसैगरी १६ जलविद्युत समूह, नेपाल रि इन्स्योरेन्स र नेपाल टेलिकमको सेयर पनि मार्जिन कारोबार योग्य सूचीमा परेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १२:१३