एमाले बेलकोटगढी ९ को अध्यक्षमा सूर्यबहादुर तामाङ (सूचीसहित)
१२ फागुन, नुवाकोट । नेकपा एमालेको बेलकोटगढी ९ को वडा कमिटीको अध्यक्षमा पुनः सूर्यबहादुर तामाङ चयन भएका छन । शनिबार केन्द्रीय कमिटीका सदस्य केशवराज पाण्डे, जिल्ला कमिटीका अध्यक्ष बद्री मैनाली र गाउँकमिटीको अध्यक्ष रूपा सापकोटा लगायतको उपस्थितिमा भएको वडा भेलाले उपाध्यक्षमा कर्णबहादुर तामाङ र निसा लामालाई चयन गरेको छ ।

त्यस्तै सचिवमा रामबहादुर तामाङ चयन भएका छन । तीन जना उपसचिवमा रेणुका भट्ट, नमराज गजुरेल र वीरसिंह तामाङ चय भएका छन । सदस्यहरूमा रामशरण गजुरेल, शिवकृष्ण स्यारचन, इन्द्रबहादुर तामाङ, कुमार तामाङ, भवनाी भट्ट, ठाकुर गजुरेल, दुर्गा अधिकारी गजुरेल, कृष्णमुरारी गजुरेल, भोजराज भट्ट, कान्छीमाया तामाङ, लोककुमारी भट्ट, राधिका सुनार, विन्दा दमाइ, गंगा गजुरेल, शिवप्रसाद भट्ट, गीता बल्लभ गजुरेल, बाबुराम गजुरेल र विकास तामाङ चयन भएको नगरकमिटीको अध्यक्ष रूपा सापकोटाले जानकारी दिइन ।
प्रकाशित मिति : February 24, 2024 at 8:39 pm









