३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

जसपाद्वारा पार्टी सङ्गठित सदस्यता नवीकरणका लागि सर्कुलर जारी

११ फागुन, काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले पार्टी सङ्गठित सदस्यता नवीकरणका लागि परिपत्र (सर्कुलर) जारी गरेको छ ।

पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यले प्रदेश तथा जिल्लाबाट सदस्यता नवीकरण गराउँदा अनिवार्यरुपमा यही फागुन २० गतेभित्र नवीकरण गराउँन पार्टीले सर्कुलर जारी गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार फागुन २० गतेसम्म नवीकरण गराइसकेमा फागुन २५ गतेसम्म नवीकरण भएको विवरण तयार गरी सम्बन्धित तहमा पठाउन सहज हुने भएकाले उक्त समयसीमा निर्धारण गरिएको हो ।

जसपाको सङ्गठित सदस्यता वार्षिक रु एक सय तिर्नुपर्ने व्यवस्था रहेको भन्दै सदस्यता शुल्कबापतको रकम र रसिद केन्द्रीय कार्यालयमा पठाउन भनिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति : February 23, 2024 at 2:35 pm