१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


१० फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा भावी कार्ययोजना, कार्यविभाजन र नयाँ अभियान सञ्चालन गर्नेबारेमा छलफल हुने प्रवक्ता सापकोटाले बताए । माओवादीले गत भदौ १६ देखि पुस १७ सम्म ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गरेको थियो ।

उक्त अभियान प्रभावकारी देखिएको उल्लेख गर्दै माओवादीले क्षेत्रगत आधारमा नयाँ अभियान सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार ११:०१