रोकिएन नेप्सेको ओरालो यात्रा, पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट
९ फागुन, काडमाडौँ । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । बुधबार नेप्से ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा कायम हुन पुगेको छ ।
बुधबार २ अर्ब २४ करोड १९ लाख ७६१ हजार रुपैयाँ बराबरको ६३ लाख ४१ हजार १७४ कित्ता मात्रै सेयर किनबेच भएको छ । यस दिन हिमालयन रि इन्स्योरेन्सकाे सबैभन्दा धेरै सेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड १२ लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
आज सेयर बजारमा गिरावट आउँदा पनि पाँच कम्पनीकाे सेयरमा सकरात्मक सर्किट लाएको छ । यस दिन बोटलर्स नेपाल (बालाजु), हिमालयन उर्जा विकास कम्पनी, समाज लघुवित्त र बोटलर्स नेपाल (तराई)को सेयरमा सकरात्मक सर्किट लाएको छ ।
प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १५:२९












