८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

कांग्रेस नेता गणेश लामाले व्यवसायीलाई ८ घण्टा बन्धक बनाएर २० करोडको कागज गराएको खुलासा

९ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका नेता समेत रहेका गुण्ड नाइके गणेश लामाले गैरआवासीय नेपाली व्यवसायी ज्ञानेन्द्र खड्कालाई ८ घण्टा बन्धक बनाएर २० करोड फिरौतीको कागजमा हस्ताक्षर गराएको खुलासा भएको छ । व्यवासयी खड्काले बुधबार एक विज्ञप्ति जारी गर्दै यसबारेमा मुख खोलेका हुन । नेपालमा घरजग्गा र होटलमा लगानी गरिरहेका खड्का अमेरिकामा बस्ने गरेका छन ।

खड्काले कुख्यात अपराधिक समूह गणेश लामा र सहदेब कक्षपती लगायतले आफूलाई ८ घण्टासम्म बन्धक बनाएर २० करोडको कागजमा हस्ताक्षर गराएको उल्लेख गरेका छन । खड्काले घटनाका बारेमा प्रहरीमा उजुरी गरेसँगै विज्ञप्ति मार्फत सबैसँग सहयोगको याचना गरेका छन ।

लामा र कक्षपतिको समूहले गत पुस २३ मा खड्काको अपहरण गरेर सानेपा स्थित लण्डन हाउसमा राखेका थिए । खड्काले ८ घन्टा भन्दा बढी कोठामा थुनेर बन्धक बनाइ धम्की र त्रास बिच करकापमा फिरौती स्वरुप करोडौंको लेनदेनको कगजमा हस्ताक्षर गराएको बताएका छन । उनले परिवारका सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर प्रहरीको उजुरी गरेको बताएका छन ।

खड्काले भनेका छन, ‘केहि समय अगाडी २०८० साल पुष २३ गते (जनावरि ८ तारिखको) दिन, कुख्यात अपराधिक समुह गणेशलामा र सहदेब कक्षपती लगाएत द्वारा ललितपुर जिल्ला धोलाहिटी आदर्स टोलबाट मेरो अपहरण गरी सानेपा स्थित London House (सानेपा खरिबोट बाट टेकु पुल जाने पट्टी) होटलमा लगेर ८ घन्टा भन्दा बढी कोठामा थुनेर बन्धक बनाइ धम्की र त्रास बिच करकापमा फिरौती स्वरुप करोडौंको लेनदेनको कागज गरेको थियो । मेरो गाडी छेकी मास्क र टोपी लगाएर मलाई त्यहाँ बाट अपहरण गरी सानेपा स्थित लन्डन हाउस होटेल को रुम मा लगेर ८ घन्टा भन्दा धेरै बन्धक राखी त सँग २००/३०० करोड पैसा उठाउनु छ, हामी सँग पुलिस सिआइबी सब मिलेको छ सम्म भनेर धम्की दिएर तर्साइ त सङ Crypto & Bitcoin छ भनेर मेरो मोबाइल र ल्यापटप समेत कब्जा गरी तुरुन्ट हाम्रो कृप्टो अकाउन्ट मा ट्रान्स्फर गर भन्यो र मोबाइल ल्यापटप हेरेर पनि कही केहि नभेटिसके पछी जबर्जस्ती करकाप मा २० करोड को कागज गराइएको हो ।’

उनले माघ २८ गते काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएको उल्लेख गरेका छन । लामा र कक्षपती खड्काकै घरजग्गा कारोबारका साझेदार रहेको बुझिएको छ । खड्काको विज्ञप्ति यस्तो छ ।

प्रकाशित मिति : February 21, 2024 at 3:48 pm