१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कसैलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व हुन सक्दैनः कमल थापा


८ फागुन, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने दाबी गर्दै राज्यशक्तिको दुरुपयोग गरेर केही समय राजनैतिक बिचार निषेध गरे पनि सधै निषेधित र समाप्त नहुने बताएका छन् ।

साेमबार पार्टीद्वारा काठमाडौंमा आयोजित “त्रिभुवन जयन्ती ,प्रजातन्त्र दिवस तथा पार्टीको बार्षिकोत्सब”को अबसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट ब्यबस्था र तस्करतन्त्रमा रुपान्तरण भएको समेत टिप्पणी गरे ।

देशमा बामपन्थी बिचारको बर्चस्व र हाबी भएको भन्दै बिश्वभर असफल भएको ब्यबस्था नेपालमा लाद्न खोजिनु दुर्भाग्यपूर्ण भएको भन्दै थापाले जनताको अभिमत बिना गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता लादिएको भन्दै आलोचना गरे।

अरबौ खर्च गरेर योजनाबद्ध रुपमा नेपाली धर्म संस्कृती नष्ट गरेकोमा आपत्ति प्रकट गर्दै थापाले बिकृत मान्यता र दर्शन बोकेर देश बिकास हुन नसक्ने बताए। देश बैचारिक र संरचनागत त्रुटिको दलदलमा भासिएको भन्दै थापाले कुनै पनि सरकारले पुर्ण कार्यकाल काम गर्न नसकेको बताए ।

२०८४ को चुनाव अगावै हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलन गर्नुपर्नेमा जोड दिदै थापाले बिचार मिल्नेहरु सबैले मोर्चा निर्माण गरि अगाडि बढ्नु पर्ने आबश्यकता समेत औल्याए । बैकल्पिक बिचार र शक्ति निर्माण गर्न राप्रपा नेपाल बलियो हुनुपर्ने तर्क गर्दै थापाले सम्पुर्ण नेता कार्यकर्ताहरुलाई संगठन केन्द्रित हुनु आग्रह गरे । कार्यक्रममा नेताहरु बिष्णु भट्टराई , राजाराम बर्तौला, माधब खत्री ,हिक्मतजङ्ग भण्डारी सुनिता कुरुङ्वाङ, श्याम घिमिरे लगायतले बोलेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १०:४७