१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले कैलाली अध्यक्षमा पाण्डेलाई लेखराज, कर्ण, नारद र झपटको साथ


६ फागुन, कैलाली । डेजी पाण्डे कैलालीको राजनीतिमा चर्चित नाम हो । विद्यार्थी राजनीतिबाट उदाएका पाण्डेले २०५७ सालमा कैलाली बहुुमुखी क्याम्पसमा नेविसंघको गढ भत्काएर सभापति बनेका थिए । राजनीतिक परिवर्तन र विद्यार्थीको हीतको आन्दोलनमा काठमाडौदेखि धनगढीसम्मका प्रहरी कस्टडीमा बसेका पाण्डे एमाले कैलालीको अध्यक्षका दावेदार छन् । हाल जिल्ला सचिव रहेका पाण्डेले काठमाडौको नेविसंघको किल्लालाई आशिंकरुपमा ढाल्न सफलता पाएका थिए ।

गणतन्त्रक स्थापनाका लागि गणतान्त्रिक मोर्चा मार्फत शाही कालमा कैलालीमा पर्चा छरेका पाण्डे नेकपा विभाजन हुँदाअघि देखि नै अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका थिए । त्यही बेला उनी एमालेको केन्द्रीय सदस्य पनि बनेका थिए । उनको पक्षमा अध्यक्ष ओलीलाई सँधै समर्थन गर्ने केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटव्युरो सदस्य नारदमुनी राना, केन्द्रीय सदस्य झपट रावलसम्मका नेता कार्यकर्ता उभिएका छन् ।

झण्डै छ सय प्रतिनिधि रहेको अधिवेशनमा आफ्नो जीत पक्का भएको बताउने पाण्डे आफू ३२ वर्षदेखि राजनीतिमा रहेको बताउदै पार्टी वा संसदीय चुनाव आउदा देखिने फेरि हराउने प्रकृतिको राजनीतिमा विश्वास नगर्ने बताउछन् । उनले आफ्ना जीतका आधार प्रस्तुत गर्दे भने म पार्टीको पूर्णकालिन कार्यकर्ता हो फेरि पनि रहने छु ।

उनले भने अहिलेको परिस्थितिमा पार्टीलाई पूरा समय दिने म मात्रै हो त्यो कुरा एमालेको नवौ अधिवेशनको प्रतिनिधि भएका सबैले बुझेका छन् । अहिले चुनावका बेला मलाई कमजोर बनाउन अनेकौ भ्रम छर्न खोजिएको छ तर तत्कालिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको बहुमत पक्षले पेल्न खोज्दा म उहाँसगै रहे, रहिरहेको छु । त्यतिबेला पूर्नगठन भएको एमालेको केन्द्रीय कमिटीमा समेत म रहेको थिए । अहिले अध्यक्षको प्रतिस्पर्धामा रहेकाहरु त्यतिबेला प्रचण्ड माधवको नेकपातिर थिए , पछि उहाँहरु एमालेमै आउनु भयो हामीले स्वागत गरेकै छौ, पार्टीले उचित जिम्मेवारी दिएकै छ,दिन्छ उनले भने त्यसैले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गरौ भए नभएका हल्ला नगरौ, भ्रम नछरौ ।

पाण्डेले आफू अध्यक्षमा निर्वाचित हुने र पार्टीलाई एकताबद्ध बनाएर कैलालीका १२६ वटै वडामा पार्टीलाई गतिशिल बनाउने योजना पनि सुनाए । हामी कैलालीमा स्थानीय, प्रदेश र सङ्घको चुनावमा प्राविधिक रुपमा हारेको थियो , हामी आफै भित्र केही समस्या देखिए, धेरै उम्मेदवार थोरै मतले हारेका छौ अब त्यस्ता कमजोरी हल हुन्छन्, मिसन २०८४ मा हामीले कैलालीलाई एमालेको किल्ला बनाउने छौ उनले बताए ।

उनले अनेरास्ववियूको केन्द्रीय सदस्य, स्वयियू काउन्सिलको सहसंयोजक, एमालेको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य र सचिवको जिम्मेवारी निर्बाह गरिसकेका छन् । नेपालमा गणतन्त्र ल्याउनुपर्छ भन्दा झण्डै पार्टीको कारवाहीको भागेदार हुन पुगेका पाण्डेले आफू सहितका अनेरास्ववियूका युवाले २०५९ सालको ज्ञानेन्द्रको शाही शासनका बेला गणतान्त्रिक मोर्चा भन्दै पर्चा छरेको पनि बताए । आफू अध्यक्ष भएपछि पार्टी, पार्टीको प्रजातान्त्रिक पद्धती र मुलुकको लोकतन्त्रको शसक्तिकरणका लागि समेत योगदान गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १२:३५