१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

पार्टी स्थायी कमिटीको बैठक बोलाउन नेकपाका नेता भीम रावलको माग

५ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले पार्टीको स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन । बुधबार बिहान सामाजिक सञ्जाल ट्ववीटरमा अाफ्नो धारणा राख्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले गम्भीर छलफल गर्नुपर्ने विषयहरू बाहिर अाइसकेका कारण तत्काल स्थायी कमिटीको बैठक बोलाउन माग गरेका छन ।

उनले लेखेका छन ‘प्रम तथा नेकपाका अध्यक्ष स्वयंबाट देश अपेक्षित विकासकाे बाटाेमा अग्रसर हुननसकेकाे र त्रुटी पत्ता लगाउन अावश्यक भइसकेकाे भन्ने कुरा अार्इसकेपछि नेकपालार्इ अाजकाे बलियाे स्थितिमा ल्याउन याेगदान गर्ने पार्टीका नेताहरू रहेकाे स्थायी कमिटीकाे बैठकमा गम्भीर छलफल गराैं ।’

उनले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्षले नै देश विकासको बाटोमा अपेक्षित अग्रसर हुन नसकेको बतएको र त्रुटी पत्ता लगाउन अावश्यक रहेको बताएको भन्दै यस्तो विषयमा स्थायी कमिटीमा छलफल गर्नुपर्ने माग गरेका हुन ।

प्रकाशित मिति : November 21, 2018 at 12:28 pm