प्रि ओपन सेसनमा करिब साढे १ अंकले घट्यो नेप्से
६ फागुन, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले घटेर छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.३५ अंकले घटेर २०६०.६७ विन्दुमा झरेको छ।
आइतबार प्रि ओपन सेसनमा ३१ स्टकको १० लाख ९७ हजार ८५६ रुपैयाँ ४० पैसा बराबरको २ हजार ५२२ कित्ता सेयर कारोबार भएको छ।
प्रकाशित मिति : February 18, 2024 at 11:08 am









