१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले नुवाकोट काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा कृष्णबहादुर तामाङ


५ फागुन, काठमाडाैँ । नेकपा एमाले नुवाकोट काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा कृष्ण बहादुर तामाङ चयन भएका छन । शनिबार काठमाडाैँमा भएको १२औँ सम्मेलनबाट तामाङ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन । त्यस्तै मञ्चको उपाध्यक्षमा गुनु खनाल र पुष्पराज रिमाल चयन भएको नेकपा एमालेका नुवाकोटका उपसचिव निलकण्ठ आचार्यले दैनिकीलाई जानकारी दिए ।

सचिवमा रामेश्वर भण्डारी र सहसचिवमा चन्द्रीका रिमाल न्यौपाने र गोपी अधिकारी चयन भएका छन । कोषाध्यक्षमा मनहरी रिमाल निर्वाचित भएका छन । यस्तै सदस्यमा सुदनराज कडेलसहित ३३ जना सर्वसम्मत भएका छन ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार २१:२५