१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपालकाे पहिलो विकेट गुम्याे, कुशल भुर्तेल आउट


५ फागुन, काठमाडाैं । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल २८ रन बनाएर भियिन किंग्माको बलमा क्याच आउट भएका हुन् ।

उनले ११ बलमा २ चौका र ३ छक्का हिर्काए । नेपालले २.५ ओभरमा १ विकेटको क्षतिमा ३६ रन बनाएको छ । यसअघि नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई १३७ रनमा सीमित गर्न सफल भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार १३:०३