१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपालको उत्कृष्ट बलिङमा नेदरल्याण्ड्स १३७ रनमै अल आउट, कुशल भुर्तेलले लिए ४ विकेट


५ फागुन, काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा नेपालले जीतका लागि १३८ रनको सामान्य लक्ष्य पाएको छ । ​​​​कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रन बनाउँदै अल आउट भयो ।

नेपालले उत्कृष्ट बलिङ गर्दै नेदरल्यान्ड्सलाई शुरूवातदेखि नै दबाबमा राखेको थियो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । त्यस्तै, बास डे लीडेले २७ रन बनाए । सीब्राण्ड इंगेलब्रेच्टले २३ रन बनाए । अन्य ब्याटरले व्यक्तिगत १५ रन पनि कटाउन सकेनन् ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ तथा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहितकुमार पौडेलले एकरएक विकेट लिए । नेदरल्याण्ड्सका २ जना रन आउट भए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार १२:३३