१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले दैलेखको अध्यक्षमा सूर्यबहादुर शाही, सबै सदस्य निर्विरोध निर्वाचित


४ फागुन, काठमाडाैँ । नेकपा (एमाले) दैलेखको अध्यक्षमा सूर्यबहादुर शाही चयन भएका छन । दैलेखको आठौं जिल्ला अधिवेशनबाट शाहीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा प्रेमबहादुर बुढा निर्वाचित भएका छन ।

त्यस्तै सचिवमा हिमालयजंग शाह निर्वाचित भएका छन । त्यस्तै उपसचिवमा मीनबहादुर बुढा र तारा सोनी विजयी भएका छन । यस्तै लेखा समितिको अध्यक्षमा प्रेमबहादुर खड्का विजयी भएका छन । अधिवेशनबाट सम्पूर्ण जिल्ला कमिटी सदस्य समेत निर्विरोध निर्वाचित भएका छन ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १७:३४