१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हिमालयन एभरेष्ट इन्स्योरेन्स डेपुटी सीइओले दिए राजिनामा


४ फागुन, काठमाडाैँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) कमल गौतमले राजिनामा दिएका छन् ।

साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज हुनु अघि गौतम एभरेष्टका सिईओ थिए । यी दुवै कम्पनीले गत वर्ष २०७९ को साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो ।

गौतमले बुधबार नै राजिनामा दिएका छन् । उनको राजिनामा शुक्रबार स्वीकृत भएको छ । गौतमले हिमालय इन्स्योरेन्समा १८ महिना डेपुटी सिइओको रुपमा काम गरेपछि राजिनामा दिएका हुन् । उनले आफ्नो कार्यकाल सकिन डेढ वर्ष बाँकी हुँदा नै राजिनामा दिएका छन् ।

नेपाल ग्रिन्डलैज बैंकबाट बैंकबाट बैंकिङ्ग क्यारियर सुरु गरेका गौतमको तीन दशक लामो बैंकिङ अनुभव समेत छ । गौतमले हिमालयन बैंक, एनआईसी एसिया, एनबि र सनराइज बैंक हुँदै इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको सिइओ पनि बनेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १४:५७