१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लाभांश पारित गर्दै एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ६६ प्रतिशत हकप्रद ल्याउने


३ फागुन, काठमाडाैँ। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा आज काठमाडाैँकाे बालुवाटारमा रहेको आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ५.५० प्रतिशत बोनस सेयर र ०.२८९४७ प्रतिशत नगद लाभांश पारित गरेकाे छ ।

उक्त बोनस पारितसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । तोकिएको २ अर्ब ५० करोड पुँजी पुर्याउन कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृतीका लागि नेपाल धितोपत्र बोर्डमा पठाउने भएकाे छ । सभामा कम्पनीको गत आवको अन्य वित्तीय विवरणहरु लगायत अन्य विवरणहरु समेत पारित भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १६:३७