१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सिईओ खत्रीले दिए राजिनामा


३ फागुन, काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कुमार बहादुर खत्रीले राजिनामा दिएका छन् । अजोड र युनाइटेड मर्ज हुनुभन्दा अगाडि अजोडका सीईओ रहेका खत्री मर्जपछि डेपुटी सीईओ भएका थिए ।

खत्री २०७५ साल जेठ २७ गते अजोड इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त भएका थिए । नेपाल इन्स्योरेन्स कम्पनीबाट विकास अधिकृतबाट बीमा क्षेत्रमा प्रवेश गरेका खत्री तत्कालिन एनबी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स हुँदै अजोड इन्स्योरेन्स हुँदै युनाईटेड अजोडमा पुगेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १३:४५