६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

घलेम्दी हाईड्रोको अवितरित हकप्रद सेयर बाँडफाँड

३ फागुन, काठमाडाैँ । घलेम्दी हाइड्रोपावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले लिलामीमा ल्याएको ३२ लाख १७ हजार ७ सय १४ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड भएकाे हाे ।

कम्पनीले गत माघ ९ गतेदेखि २३ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो । उक्त बोलपत्र गत माघ २७ गते खोलिएकोमा फागुन २ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फागुन ६ गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको अवितरित हकप्रद सेयरको कटअप मूल्य प्रतिकित्ता १५१.३५ रुपैयाँ कायम भएकोमा उक्त मूल्यमा बोलपब पेश गर्नेहरुलाई सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १०:२१