६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

कार्यालय सहयाेगीकाे भरमा चल्दै छ तनहुँकाे मालपोत कार्यालय

४ मंसिर,तनहुँ । तनहुँकाे मालपोत कार्यालयमा कार्यालय सहयाेगीले काम गर्दै अाएका छन् । जनशक्तिकाे अभावमा मोठ फाँटमा बसेर कार्यालय सहयोगी बिनोद तिवारीले काम गरेका हुन् । उक्त मालपाेत कार्यालयमा २६ जनाको दरबन्दी भएपनि  १६ जना कर्मचारी मात्रै रहेकोले कार्यालय सहयाेगीले काम गर्न परेकाे बताइएकाे छ ।

कार्यालयमा जनशक्तिको अभावमा कार्यालय सहयोगीले कार्यालय धान्दै आएका छन् । उक्त मालपाेत कार्यालयमा ५ जना कार्यालय सहयोगी भएकाे जानकारी प्राप्त भएकाे छ ।

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार १९:२८