६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

गरिमा समृद्धि योजनाले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

२ फागुन, काठमाडाैँ ।  गरिमा समृद्धि योजनाले इकाई (युनिट) जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस फन्डले १० करोड इकाई बिक्रीका लागि बोर्डसँग अनुमति मागेको हो ।

यो बन्दमुखि योजना हो । यसले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको इकाई बिक्री गर्न लागेको हो । यस फन्डको व्यवस्थापक तथा बिक्री प्रबन्धकको काम गरिमा क्यापिटलले गर्नेछ । गरिमा क्यापिलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड स्कीम हो ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १६:५६