१ आश्विन २०८१, मंगलवार | Tue Sep 17 2024

जीवन बीमा कम्पनीको नाफा बढ्यो, नेपाल लाइफले कमायो सबैभन्दा बढी

१ फागुन, काठमाडौं । जीवन बीमा कम्पनीहरुले ६ महिनामा ३ अर्ब नाफा कमाएका छन् । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

कम्पनीहरुको यो नाफा गत वर्षको तुलनामा भने २०.५१ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले २ अर्ब ५५ करोड ९० लाख ४५ हजार रुपैयाँ नाफा कमाएका थिए ।

समिक्षा अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै नाफा कमाएकाे छ । कम्पनीले ६ महिनामा ४२ करोड ७७ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको साेही अवधिकाे तुलनामा भने १२.९० प्रतिशत बढी हो । नाफा वृद्धिदरमा भने भने आइएमई र सानिमा रिलायन्स लाइफ शीर्ष सूचीमा छन् । यी दुवै कम्पनीले नाफा ९६ प्रतिशत बढाएका छन् ।

समिक्षा अवधिमा सानिमा रिलायन्स लाइफले २१ करोड ९७ लाख ३० हजार रुपैयाँ नाफा कमाएकाे छ । आइएमई लाइफले याे अवधिमा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ नाफ कमाएको छ । त्यस्तै, सूर्यज्योति लाइफले २३ करोड ६६ लाख रुपैयाँ नाफा कमाएकाे छ ।

समिक्षा अवधिमा नेशनल लाइफले २५ करोड ५१ लाख, रिलायवल नेपालले २३ करोड ९ लाख, मेट लाइफले १९ करोड ३८ लाख, प्रभु महालक्ष्मीले १७ करोड ६४ लाख, एशियनले १५ करोड ९८ लाख, एलआइसी नेपालले १३ करोड ६६ लाख र सिटिजन लाइफले १२ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ ।

याे अवधिमा हिमालयन लाइफले ३४ करोड ६० लाख र सन नेपालले ३२ करोड ८४ लाख नाफा कमाएका छन् । यी कम्पनीकाे नाफा क्रमश: ८.२४ प्रतिशत र ७.२२ प्रतिशत घटेको

समिक्षा अवधिमा सबैभन्दा कम नाफा राष्ट्रिय जीवन बीमा कम्पनीले कमाएको छ । कम्पनीले ६ महिनामा १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १७:४७