८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सानिमा रिलायन्सको नाफा ९६ प्रतिशत बढ्यो

१ फागुन, काठमाडाैँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २१ करोड ९७ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । याे गत आर्थिक वर्षको साेही अवधिकाे तुलनामा ९६.४८ प्रतिशतले बढी हाे ।

 गत वर्षको यसै अवधिमा कम्पनीले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीकाे खुद बिमा शुल्क १३७.०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । कम्पनीकाे लगानी तथा कर्जाबाट हुने आम्दानी ७४ करोड ४५ लाख रुपैयाँ रहेको छ । याे अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी भने ११ रुपैयाँ १८ पैसाले घटेर १० रुपैयाँ ५० पैसा कायम भएको छ । कम्पनीकाे चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : February 13, 2024 at 3:52 pm