६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

बलात्कारकाे आरोपमा भद्रपुरका दीपक धमाला पक्राउ

४ मङ्सिर,भद्रपुर । बालिका बलात्कार आरोपमा दमक नगरपालिका– ३ मा डेरा गरी बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका–६ का २५ वर्षीय दीपक धमाला पक्राउ परेका छन् । धमालाले एक बालिकालाई सोमबार राति ललाइफकाइ नजिकैको सामुदायिक वनमा लगेर बलात्कार गरेको आरोप लागेको छ ।

धमालालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमर थापाले बताउनुभयो । बालिकाको स्वास्थ्य परीक्षणका लागि आज मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार १५:५२