नेप्सेमा ४९ लाख २८ हजार कित्ता बोनस सेयर सूचीकृत
२९ माघ, काठमाडाैँ। नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा गरिमा विकास बैंक लिमिटेडको बाेनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बैंककाे ९.५० प्रतिशत बोनस बापतकाे ४९ लाख २८ हजार ३०२.७१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकले गत आर्थिक वर्षका लागि ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।
प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १४:०९