२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

अरुण चौधरीको मायामा फसेका न्यायाधीशको मुगु सरुवा

२९ माघ, काठमाडौँ । जिल्ला अदालत काठमाडौंका न्यायाधीस यज्ञप्रसाद आचार्य कारबाहीमा परेका छन् । उनी कारबाही स्वरूप मुगु पुगेका छन । उनले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएका थिए । अरुण चौधरीको मायामा फसेका न्यायाधीश आचार्यको कारबाही स्वरूप मुगु सरुवा भएको न्यायपरिषद् सचिवालयले जनाएको छ । आदेशमा लेनदेनको शंका रहेको भए पनि त्यसमा छुट्टै अनुसन्धान हुने स्रोतले बतायो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत, काठमाण्डौले दिएको आदेशउपर गम्भीर कैफियत जनाउँदै त्यसमा सँलग्न न्यायाधीशलाई सजायस्वरुप दुर्गम मुगुमा काज सरुवा गरेका हुन् । आचार्यको ठाउँमा न्यायाधीश रमाकान्त अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

सिजी होल्डिङ्सका अध्यक्ष अरूण चौधरीसहित, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुर प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका उनीहरू लाई गत २२ माघमा जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला न्यायाधीश आचार्यको इजलासले उनीहरुलाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्नु भनेर दिन नै तोकेको थियो । सामान्यतया निवेदकको मागका आधारमा यस्तो समय तोकिने प्रचलन छ तर आचार्यले आफैँ समय तोकिदिएका थिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ०९:२०