१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

रूपन्देहीका जिल्ला न्यायाधिवक्ता काेषहरि निराैला ८० हजार घुससहित रंगेहात पक्राउ

४ मंसिर, काठमाडाैँ । रूपन्देहीका जिल्ला न्यायाधिवक्ता काेषहरि निराैला ८० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगकाे टाेलीले सरकारी वकिल काेषहरि निराैलालार्इ ८० हजार रूपैयाँ घुससहित पक्राउ गरेकाे हाे।


रूपन्देहीका जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधीवक्ता निराैलालार्इ सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रकम लिदैंगर्दा अायाेगकाे टाेलीले  रंगेहात पक्राउ गरेकाे हाे। उनले ठगी मुद्दा मिलाइदिने भन्दै ८० हजार रूपैयाँ घुस लिएका थिए। निराैलालार्इ हिरासतमा राखेर थप अनुसन्धान गरिने जनाइएकाे छ ।

प्रकाशित मिति : November 20, 2018 at 11:54 am