यो सरकार इतिहासकै नालायक र गतिहीनः गोकुल बास्कोटा
२४ माघ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वर्तमान सरकार इतिहासकै नालायक गितिहीन सरकार रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बाँस्कोटाले प्रधानमन्त्रीले रामराज्य आइसक्यो भन्ने गरेको भए पनि सरकार इतिहासकै गतिहीन र नालायक रहेको आरोप लगाएका हुन् ।
उनले याे सरकारकाे कान र आँखा समेत नभएकाे टिप्पणी गरेकाे छन् । उनले भनेका छन्, ‘यही हो रामराज्य? यो भन्दा नालायक, योभन्दा गतिहीन, यो भन्दा जवाफदेहीताविहीन सरकार इतिहासमा कहिल्यै थिएन जसको न कान छ न आँखा छ।’
प्रकाशित मिति : February 7, 2024 at 2:46 pm









