७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२२ माघ, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । सोमबार नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा पुगेको छ। सोमबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। आज २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

साेमबार सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको यस दिन १८ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको १५ करोड ४६ लाख ९५ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको ८ करोड २३ लाख १५ हजार रुपैयाँ, चन्द्रागिरी हिल्सको ५ करोड ९९ लाख ७३ हजार रुपैयाँ र रिडी पावर कम्पनीको ५ करोड ५५ लाख ८५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार १५:२६