२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो।

काठमान्डुका लागि रासिद खानले अविजित रहँदै सर्वाधिक ३५ रन बनाए । उनले ३१ बल खेल्दै ५ चौका प्रहार गर्दै । दुसान हेमन्थाले २१ रन जोडे ।

४८ रनमा ५ विकेट अवस्थामा रासिद खान र दुसान हेमन्थाले छैटौं विकेटका लागि ३४ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । रासिदले अन्तिमसम्म क्रिजमा रहेरपनि गेम फिनिस गर्न भने सकेनन् ।

ओपनर साम हिजलेट ११, आदिल आलम ८, सन्तोष यादव १० र कप्तान करण केसी ८ रन बनाएर आउट भए । यस खेलमा ओपनिङ गरेका भिम शार्की र सहान अराचिगेले खाता समेत खोल्न सकेनन् । १२५ रन डिफेण्ड गर्ने क्रममा सुदूरपश्चिमका अनिल खरेलले २ तथा स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो । दीपेन्द्रले सर्वाधिक ६० रन बनाए । थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन योगदान गरे ।

प्रकाशित मिति : November 13, 2026 at 4:27 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/