२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

स्वर्गीय कमानसिंहका छोरा र भाइसहित माओवादीका ४५ कार्यकर्ता एमालेमा प्रवेश

१८ माघ, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता स्वर्गीय कमानसिंह लामाका भाइ र छोराहरुसहित ४५ जना माओवादी जिल्लास्तरीय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।

स्वर्गीय लामाका भाइ ज्ञानु लामा,अवतार लामा तथा छोराहरु दोर्जे लामासहित एमालेमा प्रवेश गरेका हुन्। जिल्लाको कोशिपारी चौरीदेउराली गाउँपालिका ७ र ८ का माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु बनेपास्थित एमाले पार्टी कार्यालयमा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेमा माओवादी कार्यकर्ताहरु सविनकुमार भुजेल, सफलकुमार गौतम, उज्जवल पाठक, लक्ष्मण पाठक, सुरेश गौतम, प्रतिक भुजेल, सुमन भुजेल, प्रकाश श्रेष्ठ, कार्साङ्ग लामा, मनोज भुजेल, सुजित गौतम, कमल भुजेल, नवराज पाठक, सोमनाथ काफ्ले, लिला लामा, सुप्रिया लामा, सक्षम लामा, सरुना लामा, सनिल लामा, जमुना लामा, रामकुमार गजमेर, रामबहादुर गजमेर, अजय लामा, सन्दिप भुजेल, प्रदिप पाठक, नवराज गौतम, प्रकाश चौलागाई लगायत छन् ।

नव प्रवेशी नेता कार्यकर्ताहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटा, केन्द्रिय सदस्य तथा पूर्व राज्यमन्त्री रेशम लामा, पूर्व सांसद तथा केन्द्रिय सदस्य नविना लामा, प्रदेश कमिटी सदस्यहरु चुडामणी गौतमलगायतका विभिन्न तहका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

प्रकाशित मिति : 17:11