अन्तिम कारोबारको दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता
१८ माघ, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बिहीबार ४ अर्ब १८ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।
बिहीबार हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको यस दिन ५४ करोड १ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको १४ करोड ९१ लाख ५० हजार रुपैयाँ, नेपाल रि इन्स्योरेन्स कम्पनीको १४ करोड ४४ लाख २५ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्क्चरको ८ करोड ६० लाख ६१ हजार रुपैयाँ र अरुण काबेली पावरको ८ करोड ३३ लाख ९५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १५:२४












